तुलसीपुर -१९ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । वडाध्यक्ष प्रेमनाथ योगीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यता एवं वडा नम्बर १८ का वडाध्यक्ष माधव वलीको विशिष्ठ आतिथ्यमा उद्घाटन भएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख खड्काले ूस्थानिय स्तरमा खेल क्षेत्रको विकासको लागि वडाध्यक्ष कपले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए । उपमहानगरका प्रत्येक वडामा खेलकुद पुर्वाधार प्राथमिकतामा रहेको बताए । पौष २० गते सम्म सञ्चालन हुने प्रतियोगितामा पुरुष तर्फ फुटबल १२ वटा टिम र भलिबल तर्फ पुरुष ६ र महिला तर्फ ७ टिमहरु रहेका छन ।
संग्रामको क्रान्ति संग्राहलयमा सञ्चालन भैरहेको प्रतियोगिता उद्घाटन अवसरमा रेवती विकको स्वागत मन्तव्य रहेको थियो भने सहजिकरण वडा सदस्य तथा खेलकुद संयोजक राम बहादुर पौडेलले गरेका थिए ।




तपाईंको प्रतिक्रिया