दुनाटपरी उद्यमी समूहका लागि व्यवसायिक क्षमता विकास तालिम

 माघ ०७, २०८१

घोराही । घोराही उपमहानगरपालिका वडा नम्बर १६, रातामाटास्थित दुनाटपरी उद्यमलाई थप सुदृढ बनाउँदै स्थानीय उद्यमीहरूलाई आर्थिक रूपमा सम्पन्न बनाउनका लागि तालिम सुरु भएको छ । स्थानिय साहारा दुनाटपरी लघु उद्यमी समूहका सदस्य र बाघखोर सामुदायिक वन समूहका उपभोक्ताहरूका लागि ३ दिने व्यवसायिक क्षमता विकास तथा वित्तीय साक्षरता तालिम सुरु भएको हो ।

हरियाली मञ्च नेपालको आयोजनामा तथा ग्रामीण पुनर्निर्माण नेपाल आरआरएनको आर्थिक सहयोगमा संचालित डिजिएम परियोजना अन्तर्गत दुनाटपरी उद्यमी समूहका लागि तालिम सुरु भएको हो । साहारा दुनाटपरी लघु उद्यमी समूहकी अध्यक्ष शान्ती चौधरीको अध्यक्षतामा आयोजित तालिम उद्घाटन कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नम्बर १६ का कार्यबाहक वडा अध्यक्ष बुद्धिराम चौधरी, बाघखोर सामुदायिक वन समूहका अध्यक्ष हर्कराज केसी, सितल सामुदायिक वन समूहकी अध्यक्ष सीता चौधरी, हरियाली मञ्च नेपालका अध्यक्ष सुरेश कुमार रावतले बोलेका थिए ।

वक्ताहरूले तालिमले उद्यमीहरूको व्यवसायिक क्षमता अभिवृद्धि गर्दै आर्थिक सशक्तिकरणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए ।तालिममा २५ जना सहभागिहरूको सहभागिता रहेको छ । तीन दिनसम्म संचालन हुने तालिमले सहभागीहरूलाई व्यवसायिक ज्ञान र वित्तीय साक्षरता संगै आर्थिक व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

तपाईंको प्रतिक्रिया