केपी ओली कप: त्रिभुवन आर्मी क्लब फाइलनमा प्रवेश

 फागुन १६, २०८१

काठमाडौं ।    संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ । आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे ।

दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा नै अग्रता बनायो। खेलको आठौं मिनेटमा जिलेस्पी जङ्ग कार्कीको उत्कृष्ट एसिस्ट‌मा क्लोज रेन्जबाट नवयुगले गोल गरे । पहिलो हाफ आर्मीको पक्षमा १-० को अग्रतामा सकियो ।

संकटालाई विरुद्ध ६६ औं मिनेटमा आर्मीले अग्रता दोब्बर बनायो । अभिषेक लामाले आर्मीका जिलेस्पीलाई पेनाल्टी बक्सभित्र लाडाए । रेफ्रीले पेनाल्टीको अवसर आर्मीलाई दिए । जहाँ दिनेश हेन्जानले पेनाल्टीमा कुनै गल्ती गरेनन् ।‌ आर्मीले २-० को अग्रता बनायो।

थप गरिएको ५ मिनेटको इन्ज्युरी समयको तेस्रो मिनेटमा संकाटाले एक गोल फर्कायो। सुनिल खड्काले बक्सभित्रबाट हानेको प्रहार पोलमा लागेर फर्कियो । रिबाउन्डमा विसन गुरुङले गोल गरे । यो गोलले गोल अन्तर मात्र घटायो । आर्मी २-१ को जितमा फाइनलको यात्रा तय गर्न सफल रहयो ।

प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल भोलि हुनेछ । आयोजक केपी एफसीले फाइनल प्रवेशका लागि मछिन्द्र एफसीको सामना गर्नेछ । फाइनल फागुन १९ गते हुनेछ । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १ सय ११ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

तपाईंको प्रतिक्रिया