तुलसीपुर खानेपानीको अध्यक्षमा काँग्रेसबाट पुन: भण्डारीले पाए टिकट

 फागुन २१, २०८१

तुलसीपुर । तुलसीपुर खानेपानीको अध्यक्षमा नेपाली काग्रेसले यमकान्त भण्डारीलाई अगाडी सारेको छ । नेपाली काँग्रेसका अनुसार काँग्रेसबाट अध्यक्ष पदका लागि यमकान्त भण्डारीसहित पवन बुढाथोकी, मदन धिताल, शोभाकार सापकोटा, भोला थापा र एकराज आचार्य गरी ६ जना आकंक्षि देखिएकोमा अहिलेका बहालवाला अध्यक्ष भण्डारीलाई नै पुनः अध्यक्षको उम्मेदवार बनाइएको हो ।

यस्तै कांग्रेसले उपाध्यक्षमा नारायण शर्मा, सचिवमा रन्जन गौतम र कोषाध्यक्षमा भोला थापालाई उमेदवार बनाउने निर्णय गरेको छ । थापा अहिलेको बहालवाला कोषाध्यक्ष पनि हुनुहुन्छ । चैत २ गते हुने निर्वाचनका लागि आज उमेदवारले मनोनयन दर्ताको समय तोकिएको छ । बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको समय रहेको छ । यता नेकपा एमालेले भने तुलसीपुर खानेपानीको आगामी नेतृत्वका लागि अझै उमेदवारको टुंगो लगाउन सकेको छैन् ।

तपाईंको प्रतिक्रिया