प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

 २ घण्टा अगाडि

काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् । ४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह कतार एयरवेजको विमानमार्फत दोहा हुँदै न्युयोर्कतर्फ प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्रीसँगै प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, शिष्टाचार महापाल कुमार खरेल, निजी फोटोग्राफर विनय शाक्य, शिष्टाचार अधिकृत महेश यादव, अंगरक्षक लेफ्टिनेन्ट कर्णेल बालमुकुन्द बिष्ट र डीएसपी दिपेश बस्याल अमेरिका गएका छन्।

महासभाका क्रममा उनले नेपालका तर्फबाट विश्व समुदायसमक्ष धारणा राख्नेछन् । प्रधानमन्त्री शाहले असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । महासभामा सहभागिताका लागि उनको यो पहिलो औपचारिक अमेरिका भ्रमणसमेत हो ।

तपाईंको प्रतिक्रिया