यी सुन्दर अभिनेत्रीबाट करिब १५ किलो सुन बरामद
सुन तस्करीको आरोपमा बैंगलुरु अन्तर्राष्ट्रिय विमानस्थलबाट कन्नड फिल्म उद्योगकी प्रसिद्ध अभिनेत्री रान्या रावलाई पक्राउ गरिएको छ ।कन्नड सुपरस्टार सुदीपको अपोजिटमा ‘मानिक्य’ (२०१४) जस्ता फिल्महरूमा अभिनय गरेकी अभिनेत्री रावलाई १४.८ किलो सुनसहित पक्राउ गरिएको हो। यो सुन उनको लुगामा लुकाइएको थियो ।
आइतबार राति राव बैंगलुरु विमानस्थलमा आइपुग्दा भन्सार अधिकारीहरूलाई उनीमाथि शंका लागेपछि उनलाई हिरासतमा लिइएको थियो। प्रारम्भिक अनुसन्धानबाट उनी दुबईबाट आउँदै गरेको पत्ता लागेको छ र विमानस्थलका अधिकारीहरूले उनको लुगामा लुकाइएको सुनका बारहरू फेला पारेका छन् । स्रोतका अनुसार उनी हालैका दिनहरूमा धेरै पटक दुबई गएकी थिइन्, जसले गर्दा अधिकारीहरूलाई उनीमाथि शंका लागेको थियो ।




तपाईंको प्रतिक्रिया