बढ्यो सुनको मूल्य

 फागुन २२, २०८१

काठमाडौं । लगातार तीन दिनदेखि नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । आज बिहीबार पनि सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो। यससँगै ३ दिनमा सुनको मूल्य २६ सय रुपैयाँले बढ्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोल ३०० रुपैयाँले बढेर १ लाख ७० हजार ७०० रुपैयाँ कायम भएको छ ।

यसअघि मंगलबार र बुधबार पनि सुनको भाउ क्रमशः प्रतितोला १४०० र ९०० रुपैयाँले बढेको थियो । आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर १९ सय ८५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ तोलाको १९ सय ५० रुपैयाँ कायम रहेको थियो ।

तपाईंको प्रतिक्रिया