आइपिएल : चेन्नईले मुम्बईलाई हरायो

काठमाडौं । मुम्बई इण्डियन्सलाई ४ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ। चेन्नइको जितमा रुतुराज गाइक्वाड र रचिन रविन्द्रको अर्धशतक महत्वपूर्ण रहयो। जितको लागि १ सय ५६ रनको सहज लक्ष्य चेन्नईले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो।
त्यसअघि टस जितेर चेन्नईले पहिले फिल्डिङ रोज्यो। मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनायो। कमजोर सुरुवात गरेको मुम्बईले पहिलो पावर प्लेमा ३ विकेट गुमाउँदै मात्र ५२ रन जोड्यो। खालिद अहमदले सुरूवाती २ विकेट लिए । भारतीय क्रिकेट टोलीका कप्तान ओपनर रोहित शर्मा डक आउट भए । यो जितमा चेन्नइले २ अंक जोडेको छ। मुम्बइले भने हारबाट लिगको सुरूवात गर्यो ।
तपाईंको प्रतिक्रिया