मोटरसाईकल र्यालीमा सहभागिताको लागि एमाले नगर अध्यक्ष खत्रीको अपील

तुलसीपुर । नेकपा एमाले दाङले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा मोटरसाइकल र्यालीको आयोजना गरेको छ। पार्टीको केन्द्रीय निर्देशनअनुसार जिल्ला कमिटिको आयोजनामा मोटरसाइकल र्यालीको आयोजना गरिएको हो । नेकपा एमालेले सञ्चालन गर्दै आएको जागरण अभियान अन्र्तगत गणतन्त्रको पक्ष जनस्तर सम्म प्रभावकारी बनाउनका लागि आयोजना गरिएको हो ।
नेकपा एमाले तुलसीपुरको पार्टी कार्यालयबाट ठिक १ बजेबाट र्याली सुरु हुने एमाले तलुसीपुर नगर कमिटिका अध्यक्ष रुप बहादुर खत्रीले जानकारी दिएका छन । उक्त र्यालीमा तुलसीपुर उपमहानगरपालिका भित्रका १९ वटै वडाबाट मोटरसाईकल सहित र्यालीमा सहभागिताको लागि नगर अध्यक्ष खत्रीले अपील समेत गरेका छन ।
जागरण अभियानमा केन्द्र तथा जिल्ला स्तरका नेताहरुले सम्बोधन समेत गर्नेछन । शान्तिनगर, दंगिशरण र बबई गाउँपालिकाका पालिका कमिटीहरुबाट पनि सहभागिता रहने र्यालिले मदन आश्रित चोक, बाहिनि चोक , बसपार्क , बिरेन्द्र चोक हुँदै बजार परिक्रमा गरेर बि.पि. चोकमा पुगेर कोण सभामा परिणत हुने छ ।
तपाईंको प्रतिक्रिया