बुटवलश्री र १७औ धर्मश्रीका पदकधारी खेलाडी सम्मानित

 चैत २३, २०८१

लक्ष्मण बस्नेत, दाङ । दाङ जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघ ले १७ औ धर्मश्री र बुटवलश्री बडिबिल्डिङ च्याम्पियनसिपका बिजेता खेलाडीहरु लाई आज सम्मान गरेको छ । संघ ले तुलसिपुरमा एक कार्यक्रमको आयोजना गरि दाङ जिल्लाको प्रतिनिधित्व गर्दै बुटवलश्री बडिबिल्डिङ च्याम्पियनसिपमा ६५ केजि तौल समुहका स्वर्ण पदक तथा ओभर अल च्याम्पियन संगै १७ औ धर्मश्रीका ओभर अल तृतिय दाङका माधव सुवेदी, बुटवलश्रीमा ६५ केजि तौल समुहमा कास्य पदक बिजेता प्रतीक चौधरी र बुटवलश्रीको ५५ केजि तौलमा पाचौ स्थान हासिल गर्न सफल अजय दुलाल लाई सम्मान गरेको हो ।

बिजेता खेलाडीले समग्र दाङ जिल्लाको सान र गौरव लाई उच्च बनाउन सफल भएकोमा हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्दै खादा ओढाएर सम्मानपत्र ले सम्मान गरिएको थियो ।

सो अवसरमा दाङ जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष अजय केसिले जिल्लाको प्रतिनिधित्व गर्दै अक ओभर च्याम्पियन तथा पदक बिजेता खेलाडिले दिलाएको सफलताले संघ लाई थप हौसला र उर्जा थपेको बताउनु भयो । साथै उहाले अब छिट्टै मिस्टर दाङ बडिबिल्डिङ च्याम्पियनसिप संघले आयोजना गर्न लागेकाले यसको तयारिमा जुट्न सबैमा आह्वान गर्नुभयो । कार्यक्रमको संचालन संघका सचिब लक्ष्मण बस्नेतले गर्नु भएको थियो ।

तपाईंको प्रतिक्रिया