बेलटाकुरा रिङ रोड सडक पुरै कालोपत्रे हुने

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ बेलटाकुरा कृष्ण मन्दीर हुदै दामोदर जोड्ने सडक कालोपत्रे हुने भएको छ । यस अघिको बजेटबाट पुरै सडक कालोपत्रे नहुने भएपछि वडाले थप बजेटबाट सडक कालोपत्रे गर्ने भएको हो । बाकि भाग पुरा गर्ने योजना अनुसार कालोपत्रे गर्न टेण्डर आव्हान भएको वडाध्यक्ष मान बहादुर रावतले जानकारी दिए ।
वडाध्यक्ष रावतका अनुसार उक्त सडक निर्माणको लागि बैशाख १६ गते भ्याट बाहेक १७ लाख ३० हजारमा टेण्डर आब्हान समेत भइसकेको छ । अब यस आर्थिक बर्ष भित्रमा पुरै सडक कालोपत्रेको काम हुने वडाध्यक्ष रावतको भनाई छ ।
यसैविच, वडाध्यक्ष रावतले निर्वाचनको बेला बेलटाकुराको कृष्णमन्दीर टोलको सडक कालोपत्रे गर्ने उद्घोष गरेको बताउदै सडक निर्माणको काम पुरा हुने विश्वास ब्यक्त गरेका छन ।
यस्तै वडा न ११ शान्ती मार्ग लालिगुरास टोल सडक कालोपत्रे गर्नका लागि पनि टेण्डरमा गएको छ । यहि आर्थिक बर्षमा यो योजना सम्पन्न हुने गरी शान्ती मार्गको सडक कालोपत्रेको प्रक्रिया अघि बढेको छ ।
तपाईंको प्रतिक्रिया