डीआईजी भट्टले गरे इप्रका रामपुरको निरीक्षण

 जेठ ०२, २०८२

तुलसीपुर । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव महानिरिक्षक राजेन्द्र प्रसाद भट्टले इलाका प्रहरी कार्यालय रामपुर पाल्पाको निरिक्षण गरेका छन । निरीक्षणका लागि त्यहा पुगेका डीआईजी भट्टलाई इलाका प्रहरी कार्यालय रामपुरका कार्यालय प्रमुख प्रहरी निरीक्षक रामबहादुर नेपालीले स्वागत गरेका थिए ।

त्यस अवसरमा डीआईजी भट्टले रामपुर प्रहरीको आन्तरिक तथा बाह्य निरीक्षण गर्नुका साथै विभिन्न शाखाहरूबाट भइरहेका कार्य विबरणहरूको बारेमा जानकारी लिएका थिए । उनले शान्ति सुरक्षा, लागुऔषध नियन्त्रण, मानव बेचबिखन नियन्त्रण, समाजिक जनचेतना, साइबर अपराध लगायतमा अझै उत्कृष्ट काम गर्न निर्देशन दिएका थिए ।

इन्स्पेक्टर नेपालीले आफुले जिम्मेवारी सम्हाले देखि अपराध, गुण्डागर्दी, चोरी, गोरु तस्करी, लागुऔषध तस्करी, स्वरुप परिवर्तन भएका मोटरसाइकललाई कारबाहरी, मानव बेचबिखन लगायत शान्ति सुरक्षामा उल्लेख्य कामहरु भएको जानकारी गराएका थिए ।

तपाईंको प्रतिक्रिया