पेट्रोलियम पदार्थको मूल्य घट्यो

 जेठ ०२, २०८२

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले मध्यरातिदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ, डिजेल/ मट्टीतेल प्रतिलिटर तीन रुपैयाँ घटेको निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार पेट्रोल १ सय ५६ रुपैयाँ, डिजेल र मट्टितेल १ सय ४१ रुपैयाँ पर्नेछ।

तपाईंको प्रतिक्रिया