सुनचाँदी व्यवसायीहरुका लागी तुलसीपुरमा कर शिक्षा कार्यक्रम

 जेठ ०३, २०८२

तुलसीपुर ।  तुलसीपुर दाङ सुनचाँदी ब्यवसायी संघ तुलसीपुरको आयोजनामा बहुधातु सम्बन्धी एक दिने कर शिक्षा कार्यक्रम शुक्रवार तुलसीपुरमा सम्पन्न भएको छ । संघका अध्यक्ष हरिकृष्ण विकको अध्यक्षता एबं नेपाल सुनचाँदी ब्यवसायी महासंघका कोषाध्यक्ष सुदिप श्रेष्ठको प्रमुख आतिथ्यता तथा आन्तरिक राजस्व कार्यालय तुलसीपुरका प्रमुख श्रीधर टण्डनको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा आन्तरिक राजस्व कार्यालय तुलसीपुरका कर अधिकृत प्रेम सुनारले सुनचाँदी कारोवारमा ध्यान दिनुपर्ने कानुनी शिक्षाको बारेमा जानकारी गराउनु भएको थियो ।

साथै उहाले सम्पत्ती शुद्धीकरण निवारण ऐन २०६४ अनुसार सुनचाँदी जस्ता बहुमुल्य धातु वा बस्तुको कारोबार सम्बन्धी आन्तरिक राजस्व विभागले जारी गरेको निर्देशिका २०७७ बमोजिम ग्राहकको परिचय खुल्ने फारम भर्नुपर्ने, एउटै व्यक्तिले एक दिनमा दश लाख भन्दा बढिको कारोवार गरेमा ग्राहकको बास्तविक पहिचान सहित फारम भर्नुपर्ने, राज्यले बनाएको निति तथा कार्यविधिलाई लागु गर्नुपर्ने, सुनचाँदी व्यवसायी संचालन तथा कारोवार गर्दा अनिवार्य कानुनी प्रक्रिया पालना गर्नुपर्ने, अन्य सामान्य सरसामानको व्यापार जस्तो लापरवाही नगरी सुनचाँदीको कारोवार गर्दा कानुनी कुरालाई पालना गर्नुपर्ने , खरिद तथा विक्रि कानुन अनुसार गर्नुपर्ने लगाएतका कानुनी तथा राजस्व सम्बन्धी प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्यहरु लोक बहादुर स्वर्णकार, मदन केसी सहित संघका आबद्ध सम्पुर्ण व्यवसायीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण संघका महासचिव तुल्सीराम सुनारले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया