एमाले महासचिव पोखरेल दाङ आउदै

तुलसीपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेल आफ्नो गृह जिल्ला दाङ आउन लागेका छन । एमाले दाङद्वारा आयोजना गरिएका कार्यक्रमलाई सम्बोधन तथा प्रशिक्षण दिन महासचिव पोखरेल आउन लागेको जिल्ला कमिटि सदस्य तथा स्थानिय निकाय विकास प्रमुख मान बहादुर रावतले जानकारी दिए । रावतका अनुसार महासचिव पोखरेलले शहीद नेत्रलाल अभागीको ४१औँ स्मृति दिवसको अवसरमा जेठ ६ गते आयोजित कार्यक्रमलाई सम्वोधन गर्ने छन । यो कार्यक्रम तुलसीपुरको मेट्रो दरबारमा हुने छ ।
यस्तै, एमालेबाट स्थानिय तहमा निर्वाचित जनप्रतिनिधि र पार्टीका नेतालाई प्रशिक्षण दिने छन । जेष्ठ ७ गतेका दिन महासचिव पोखरेलले प्रशिक्षण दिने कार्यक्रम रहेको रावतले बताए । घोराहीको सभाहलमा दिउसो १ बजे प्रशिक्षण कार्यक्रम हुने छ । गृह जिल्ला दाङ आएका बेला पोख्रेलले जिल्लाको विकास निर्माण सम्बन्धमा सरोकारवालाहरूसँग छलफल गर्ने कार्यक्रम समेत तय गरिएको बताईएको छ ।
तपाईंको प्रतिक्रिया