तुलसीपुर-घोराही जोड्ने ग्रामीण सडकको शिलन्यास

तुलसीपुर । तुलसीपुर र घोराही उपमहानगरपालिका जोड्ने ग्रामीण सडकको शिलन्यास गरिएको छ । लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेल ,पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री भूमिश्वर ढकालले संयुक्तरूपमा सडकको शिलन्यास गरेका छन । तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर,१८,१६,१५ हुँदै घोराही उपमहानगरपालिका वडा नम्बर ९ समेत उक्त ग्रामीण सडकले जोड्ने छ ।
सडकको शिलन्यास गर्दै नेकपा एमालेमा महासचिव एवम लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले विकास र समृद्घिका लागि सबैको सहकार्य आवस्यक रहने बताएका थिए ।
दुई ठुला दलबाट बनेको सरकारले अघि सारेका विकास निर्माणका कामको नतिजा विस्तारै देखिन थालेको उनले बताए । उनले दाङको विकासमा महत्वपूर्ण ठानिएको घोराही तुलसीपुर फोरलेन सडकखण्ड आर्थिक वर्ष २०८१।८२ भित्रै काम सुरु हुने र टरिगाउँ धावनमार्ग विस्तारका लागि आगाकी बर्ष २०८२/८३ को बजेटमा सम्बोधन हुने बताए । कार्यक्रमका विशिष्ठ अतिथी लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुई ठुला दल एक ठाउँमा आउँदा दाङमा विकासले फड्को मार्दै गएको बताए ।
उनले प्रदेशलाई आर्थिकरूपले सक्षम र सबल बनाइ जनतामा देखिएको नैराश्यता हटाइने बताए । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री भूमिश्वर ढकालले ग्रामीण जनताको जीवनस्तर उकास्न र आर्थिकस्तर सबल र सक्षम बनाउनका लागि ग्रामीण सडकको कालोपत्रे सुरु गर्न थालिएको बताएका थिए ।
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले ग्रामीण सडक निर्माण भएसँगै घोराही खैरा हुँदै कोठहरी, कन्जवार हुँदै बिजौरी जोडिदा चक्रपथ सडकका रुपमा विकास हुने बताए । बिजौरी,बासडबरा,जमुनी, लक्ष्मीपुर,दक्षिण कुरहरिया,कन्जवार कोठरीसम्म जोड्ने सडकको लम्बाइ १५.५८ किलोमिटर रहेको छ ।
लुम्बिनी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयका सचिव भिर्माजुन पाण्डेका अनुसार सम्झौताबमोजिम २०८१ चैत ११ गते काम सुरु भई २०८३ चैत ११ गते योजना सम्पन्न हुनेछ । कालोपत्रे सडक निर्माणका लागि ४४ करोड ८ लाख ७७ हजार सात सय १५ रुपियामा सम्पन्न हुने गरी सम्झौता गरिएको छ ।
तपाईंको प्रतिक्रिया