भिजिट भिसा प्रकरणमा मन्त्रालय नेतृत्व संलग्न छैनः गृह मन्त्रालय
काठमाडौँ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको कुनै संलग्नता नभएको गृह मन्त्रालयले दाबी गरेको छ। शनिवार, गृह मन्त्रालयका सह सचिव छवि रिजालले एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयको कुनै संलग्नता नरहेको जिकिर गरेको हो । ‘विगत केही दिनयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर विभिन्न पत्रपत्रिका तथा सामाजिक सञ्जालमा आएका समाचार एवम् क्रियाप्रतिक्रिया मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।
यस प्रकारका कपोलकल्पित, भ्रामक र आधारहीन समाचार प्रकाशित र प्रसारित भएको प्रति मन्त्रालय दुःख व्यक्त गर्दछ,’ सहसचिव रिजालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता कुनै पनि गैरकानूनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौँ।’ शनिवार धनुषाको एक कार्यक्रममा गृह मन्त्री रमेश लेखकले विज्ञप्ति जारी हुने जनाएको केही समय पछि यो विज्ञप्ति आएको हो ।



तपाईंको प्रतिक्रिया