तुलसीपुरमा २ सय बढीको नि:शुल्क हड्डी परीक्षण
तुलसीपुर । स्वास्थ्यमा जनचेतना अभिवृद्धि गर्दै समुदायमा हड्डी तथा नसारोग सम्बन्धी समस्या पहिचान गर्न उद्देश्यले माध्यमिक विद्यालय तुलसीपुर सेन्टर, मेट्रो सिटी पोलिक्लिनिक, ग्रीन फाउण्डेशन नेपाल, मेट्रो प्याथ ल्यावको संयुक्त आयोजनामा एक दिवसीय नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त शिविरमा हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. रुपेशमान शेरचनको नेतृत्वमा विद्यार्थीका अभिभावकहरू सहित २ सय ४० भन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको थियो ।
शिविरमा सहभागीहरूलाई विशेषगरी हड्डीको खनिज घनत्व (Bone Mineral Density – BMD) स्क्यानमार्फत हड्डी अवस्था, कमजोर हुने जोखिम, ओस्टियोपोरोसिस ९हड्डी खिइने रोग० लगायतका समस्याहरू पहिचान गरी आवश्यक परामर्श, औषधोपचार सल्लाह, खानपान तथा जीवनशैलीका सुझावहरू प्रदान गरिएको थियो। हड्डी सम्बन्धी समस्या प्रायः दीर्घकालीन प्रकृतिका हुने भएकाले नियमित स्वास्थ्य परीक्षण, सन्तुलित आहार, पर्याप्त क्याल्सियम तथा भिटामिन ‘डि’ सेवन, शारीरिक सक्रियता र तनावमुक्त जीवनशैली अपनाउनु पर्ने डा शेरचनले बताए । परीक्षणपछि प्राप्त सल्लाहले आफूहरूलाई सचेत बनाएको र स्वास्थ्यप्रति थप जिम्मेवार हुने शिविरमा सहभागिले प्रतिक्रिया दिएका छन्।
माध्यमिक विद्यालय तुलसीपुर सेन्टरका अध्यक्ष लेखतराम पौडेलले विद्यालय मात्र पठनपाठनको केन्द्र नभई अभिभावक र समुदायसँगको सम्बन्ध बलियो बनाउने स्थान पनि भएकाले यस्तो कार्यक्रमले लाभान्वित भएको बताए । ग्रीन फाउण्डेशन नेपालका उद्यम विकास अधिकृत सुरेश रावतले स्वास्थ्यको सवालमा विद्यालय, स्वास्थ्य संस्था र सामाजिक संघसंस्थाबीचको सहकार्यले सामुदायिक स्वास्थ्य प्रवर्द्धनमा टेवा पुर्याउने बताउनुभएको थियो । साथै आगामी दिनमा महिला, युवा र वृद्धवृद्धाका लागि लक्षित गरेर यस्तै खालका निःशुल्क स्वास्थ्य सेवा कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाउनु भएको थियो ।
कार्यक्रममा सहभागी अभिभावकहरूलाई निःशुल्क द्यःम् स्क्यान परीक्षणका साथै रक्तचाप, तौल, उचाइ, सुगर जाँच लगायतका सेवा पनि प्रदान गरिएको थियो । उक्त शिविरले तुलसीपुर क्षेत्रमा हड्डीसम्बन्धी समस्या पहिचान र सचेतना अभिवृद्धिमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । मेट्रो सिटी पोलिक्लिनिकका सञ्चालक वसन्त योगिले धन्यवाद व्यक्त गर्दै भविष्यमा अझ विस्तृत र पहुँचवृद्धि गर्ने गरी यस्ता कार्यक्रम सञ्चालन गर्ने बताउनु भएको थियो ।




तपाईंको प्रतिक्रिया