आलमलाई सफाइ दिने न्यायाधीश बर्खास्त गर्न माग गर्दै प्रदर्शन

काठमाडौँ । न्यायाधीशलाई मोसो दलेपछि पक्राउ परेका आफ्ना नेता–कार्यकर्तालाई रिहा गर्न माग गर्दै नेकपा बहुमतले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । मान्छेलाई जिउँदै इँटा भट्टामा जलाएर हत्या गरेको आरोप लागेका नेपाली कांग्रेसका नेता आफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर वीरगञ्ज इजलासका न्यायाधीश खुशीप्रसाद थारु र अर्जुन महर्जनलाई बिहीबार नेकपा बहुमतका नेता–कार्यकर्ताले मोसो दलेका थिए ।
उक्त घटनापछि प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो। पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले न्यायाधीशद्वय थारु र महर्जनलाई बर्खास्त गर्न माग गरेका छन् । सरकारले राजावादी आन्दोलनका क्रममा माइतीघरलगायतका स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको थियो। आज निषेधित क्षेत्र तोड्दै प्रदर्शन गरिएको हो। त्यस क्रममा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।
माइतीघरलाई सरकारले निषेधित क्षेत्र तोकेको भए पनि विरोध प्रदर्शन सुरु भएको धेरैबेरपछि मात्रै प्रहरी हस्तक्षेप गर्न पुगेको थियो ।
तपाईंको प्रतिक्रिया