सञ्चार क्षेत्रको विकास गर्न तुलसीपुर उपमहानगरले सञ्चार कार्यविधि ल्याउदै

 जेठ ३१, २०८२

तुलसीपुर। दाङको तुलसीपुर उपमहानगरपालिकाले सञ्चार कार्यविधि ल्याउने तयारी गरेको छ । सुचना, विज्ञापन तथा सञ्चार क्षेत्रको विकास गर्न उपमहानगरले कार्यविधि तयार पार्न लागेको हो । गत बर्ष देखि नै लागु गर्ने तयारी थालेपनि कार्यविधिले अन्तिम रुप पाउन सकेको छैन । कार्यविधि निर्माणका लागि गठित समितिले ड्राफ्ट तयार पारिसकेको छ । यसलाई आगामी आर्थिक बर्षबाट लागुगर्ने गरि मस्यौदा माथि आज छलफल भएको छ ।

विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारका विचमा छलफल भएको हो । छलफलमा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रिय अध्यक्ष विपुल पोख्रेलले पालिकाले नीति बनाएर सञ्चार माध्यमलाई ब्यबस्थित बनाउनु सकारात्मक रहेको बताएका थिए । कार्यक्रममा कार्य विधि निर्माण समितिका संयोजक धर्म वलीले आगामी बर्षमा कार्यान्वयन गर्ने गरि कार्यविधि निर्माण गरि सक्ने बताएका थिए ।कार्यविधि माथि आएका सल्लाह सुझाव सहित अन्तिम रुप दिइने उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज  पार्धेले बताए ।

त्यस अवसरमा पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, उपाध्यक्ष ओपेन्द्र बस्नेत,प्रेस युनियनका अध्यक्ष नारायण खड्का, प्रेस चौतारीका अध्यक्ष सुधासुमन ढकाल, प्रेस सेन्टरका सचिब दीपक बोहोरा लगायतले सुझाब दिएका थिए । छलफलमा समितिका सदस्यहरु सुशील बस्नेत, नारायणी रजौरे, मस्यौदा समितिका सदस्य सचिव बाबुराम न्यौपानेले मस्यौदाका बारेमा जानकारी गराए ।

 

तपाईंको प्रतिक्रिया