दाङमा भरूवा बन्दुक सहित एक पुरुष पक्राउ

 जेठ ३२, २०८२

दाङ । दाङ प्रहरीले भरूवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ । बंगलाचुली ३ लेखटापाका ४४ वर्षिय लुमबहादुर रावतलाई अबैध भरूवा बन्दुकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहका अनुसार रावतले अबैध भरूवा बन्दुक घरमै राखेको भन्ने सूचनाका आधारमा छापा मार्दा बन्दुक भेटिएपछि रावतलाई समेत पक्राउ गरिएको हो ।

उनलाई हातहतियार खरखजाना ऐन अन्तर्गत मुद्दा चलाइएको डिएसपी शाहले जानकारी दिएका छन् ।

तपाईंको प्रतिक्रिया