उरहरीमा महिलाहरुका लागि धुपबत्ती बनाउने तालिम

 जेठ ३२, २०८२

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीमा बाटेको  धुपबत्ती बनाउने तालिमको समापन भएको छ ।  सामुदायिक सिकाई केन्द्र उरहरीको आयोजना तथा अनौपचारीक शिक्षा अन्र्तगत सरकारको आर्थिक सहयोगमा सञ्चालित तालिमको एक कार्यक्रमका विच आज समापन गरिएको हो । सिकाई केन्द्रका अध्यक्ष गोमा बालान क्षेत्रिको अध्यक्षता तथा वडा नम्बर ११ का वडासदस्य प्रभा परियारको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि परियारले यो तालिमबाट सिकेको कुराहरुलाई निरन्तरता दिन सके आर्थिक रुपमा सबल बन्न सकिने बताएकि थिईन । यसले महिला उद्यमी बन्न तालिमले सहयोग पुग्ने समेत बताएकि थिईन । सदस्य राम शरण चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको समापन अवसरमा राममाया चलाउने,बसन्त गिरी, सहभागिको तर्फबाट सपना बुढाथोकी,ओमा चौधरी लगायतले बोलेका थिए ।

तालिममा ३० जना महिलाको सहभागिता रहेको थियो । सहभागिहरुलाई समापन अवसरमा प्रमाण पत्र समेत वितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन सामाजिक परिचालक मञ्जु रेग्मीले गरेकि थिईन ।

तपाईंको प्रतिक्रिया