दाङमा चट्याङले गोठमा आगलागी, लाखौंको क्षति

 असार ०२, २०८२

दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका–७ घुसेरीमा आईतबार राति परेको चट्याङले गोठमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । स्थानीय सागर पौडेलको गोठमा चट्याङ लागेर आगो लाग्दा गोठभित्र बाँधिएका दुई भैँसी, तीनवटा खसी, एक बाख्रा र दस वटा कुखुरा जलेर मरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार आगलागीबाट गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ भने एक भैंसी घाइते भएको छ। प्रारम्भिक अनुमान अनुसार आगलागीले करिब १० लाख रुपैयाँ बराबरको क्षति पुर्‍याएको छ ।

घटनाको खबर प्राप्त हुनासाथ प्रहरी, दमकल र स्थानीयवासीको सहकार्यमा आगो नियन्त्रणमा लिइएको थियो। बिहान साढे २ बजेतिर आगो पूर्णरूपमा निभाइएको जनाइएको छ। इलाका प्रहरी पोस्ट पर्सेनीबाट प्रहरी निरीक्षक देवीलाल अधिकारीको कमान्डमा ४ जनाको टोली खटिएको थियो । मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ।

तपाईंको प्रतिक्रिया