अर्घाखाँचीमा छोराले गरे बुबाको हत्या

 असार २६, २०८२

अर्घाखाँची । जिल्लामा घर झगडाका क्रममा छोराले बुवाको हत्या गरेका छन् । सन्धिखर्क नगरपालिका-१२ डिभर्ना बार्सखर्क गाउँका ७० वर्षीय जंगबहादुर नेपालीलाई झड्केलो छोरा ४० वर्षीय झुपे नेपालीले दाउराले टाउको हानेर बुधबार दिउँसो घरमै हत्या गरेको प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले बताए ।

रिसको झोकमा झुपेले कुटपिट गरेर बुबाको हत्या गरेपछि शवलाई मलभित्र पुरेका थिए । मदिराले मात्तिएका झुपेलाई दुई महिनाअघि पनि अभद्र व्यवहारमा प्रहरीले पक्राउ गरेको थियो ।घटनापछि भाग्दै गरेको अवस्थामा झुपेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया