५९औ रक्त सञ्चार स्थापना दिवस: राप्ती बबई र ज्ञान ज्योतिमा रक्तदान
तुलसीपुर । ५९औ रक्त सञ्चार स्थापना दिवसका अवसरमा रक्तदान एवं रक्तदाता उत्प्रेरणा कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको छ । राप्ती बबई क्याम्पस र पब्लिक ज्ञान ज्योति बरुवा गाउँको आयोजना तथा रेडक्रस दाङको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो । आज कलेज परिसरमा आयोजित रक्तदान कार्यक्रममा शिक्षक त्यस अवसरमा जिल्ला उपसभापति हरीहर पौडेल,उपमन्त्री विमल केसी,सदस्य एवं प्राथमिक उपचार संयोजक शुष्मा भण्डारी लगायतको उपस्थिती रहेको थियो ।
आज देखि सुरु भएको रक्तदाता उत्प्रेरणा कार्यक्रम अन्र्तगत पब्लिक ज्ञान ज्योतिमा मात्रै शिक्षक कर्मचारी तथा विद्यार्थी गरि ५३ जनाले रक्तदान गरेका थिए ।



तपाईंको प्रतिक्रिया