तुलसीपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
तुलसीपुर । दाङको तुलसीपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत मोतिपुर ओरालोनिर ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी ट्याक्टरमा सवार तुलसीपुर उपमहानगरपालिका–१७ निवासी करिव १५ बर्षीय सविन भण्डारी र सोही ठाउँका निवासी १७ बर्षीय मनोज रोका मगरको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवं प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिएका छन् ।
दुर्घटनामा गम्भिर घाइते दुवै जनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । तुलसीपुरबाट बिजौरीतर्फ जाँदै गरेको रा १ त ३४७८ नम्बरको खाली ट्याक्टर विहीवार बिहान ११ बजेतिर मोतिपुर ओरालोमा अनियन्त्रित दुर्घटनामा परेको थियो । पछिल्लो समय यो स्थानमा धेरै दुर्घटना हुने गरेको छ ।
फोटो: नारायण भण्डारी




तपाईंको प्रतिक्रिया