प्रेस चौतारी दाङले तिज पर्व र महिला शसक्तिरण विषयक कार्यक्रम गर्ने

 साउन १७, २०८२

तुलसीपुर । प्रेस चौतारी नेपाल दाङ शाखाको नियमित वैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ । प्रेस चौतारी नेपाल दाङ शाखाका अध्यक्ष सुधासुमन ढकालको अध्यक्षता तथा प्रेस चौतारी नेपाल लुम्विनी प्रदेश सह–इन्चार्ज गणेश आचार्यको प्रमुख आथित्यतामा आज घोराहीमा बसेको वैठकले विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको हो । वैठकमा २०८२ सालको हरितालिका तिजको अवसरमा भदौ ६ गते “तिज पर्व र महिला शसक्तिरण” विषयमा विशेष कार्यक्रम गर्ने, महिला विभाग गठन गर्ने र प्रेस चौतारी नेपाल दाङको इतिहास समेटिने गरी स्मारिका प्रकाशन गर्ने निर्णय गरिएको सचिव निमुसंगम घर्तिले जानकारी दिनुभएको छ ।

यस्तै प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज टीका वस्नेत, सह–इन्चार्ज गणेश आचार्य, जिल्ला इन्चार्ज दुर्गालाल केसी र सल्लाहाकार जेएन सागरलाई स्मारिका प्रकाशनका लागी विषयवस्तु छनौट तथा खोजी गर्ने जिम्मेवारी समेत दिईएको छ ।

कार्यक्रमको प्रमुख वक्ताको रुपमा वोल्दै नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर वुढाथोकीले चौतारीले आयोजना गर्न लागेका कार्यक्रमहरुको शुभकामना व्यक्त गर्नुभएको छ । नारीहरुको महान चाड तिज देखासिकी र भड्किलो वन्दै गईरहेको भन्दै उहाँले रचनात्मक र सिर्जनात्मक रुपमा तिज विशेष कार्यक्रम सम्पन्न गर्न पनि सुझाव दिनुभएको हो।

 

तपाईंको प्रतिक्रिया