यी हुन् टरिगाउ-हरिपौरी खानेपानीको निर्वाचनमा एमालेका उम्मेद्वार

 साउन २५, २०८२

  जसपुर ।  तुलसीपुर ११ र १२ मा रहेको टरिगाउ हरिपौरी खानेपानी संस्थाको नँया नेतृत्व चयनको लागि  भाद्र ६ गते हुने निर्बाचन हुदै छ । यसका लागि दलहरुले उम्मेदवारको छनौट गर्न थालेका छन ।

यसैक्रममा नेकपा एमालेले उम्मेदवारको नाम  टुङ्गाे लगाएको छ ।  जस अन्र्तगत अध्यक्ष पदमा देबबहादुर डांगी,उपाध्यक्ष पदमा कमला खत्री, सचिव पदमा खगेन्द्र अधिकारी र कोषाध्यक्ष पदमा खोपिराम डांगिको नाम टुङ्गाे लगाएकाे हाे  । खानेपानिकाे नेतृत्व चयनका लागि उम्मेदवारका विचमा लामाे छलफल पछि यि  नाममा सहमति जुटेकाे हाे ।

त्यस अवसरमा  एमाले दाङका पुर्वजिल्ला अध्यक्ष हुकुम बहादुर बस्नेत,जिल्ला सचिव  श्याम डागि, सचिवालय सदस्य तथा वडा नम्बर ११ का वडाध्यक्ष मान बहादुर रावत लगायतकाे सहभागिता थियाे । निर्वाचन का लागि २९ गते मनाेनयन दर्ता छ । खानेपानिमा ७ सय बढि मतदाता छन ।

तपाईंको प्रतिक्रिया