टरिगाउँ हरिपौरा खानेपानीको निर्वाचनमा उम्मेदवारलाई चुनाव चिन्ह प्रदान
तुलसीपुर । टरिगाउँ हरिपौरी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको नयाँ नेतृत्व चयनका लागि भदौ ६ गते निर्वाचन हुदै छ । निर्वाचनका लागी उम्मेदवारी दिएक उम्मेदवारहरुलाई आज मतदानका लागि चुनाव चिन्ह प्रदान गरिएको निर्वाचन समितिका संयोजक पुष्कर भण्डारीले जानकारी दिए ।
जस अन्र्तगत एमालेबाट चुनावी मैदानमा उत्रिएका अध्यक्षका उम्मेदवार देबहादुर डाँगीलाई कमलको फुल, उपाध्यक्ष कमला खत्रीलाई सर्प, सचिव खगेन्द्र अधिकारीलाई स्याउ, कोषाध्यक्ष खोपीराम डाँगीलाई बस, सदस्यहरु प्रचण्ड अधिकारीलाई लाईट, सत्यराम चौधरीलाई तराजु, केदार नेपालीलाई पँखा, शिला दहाललाई खरायो र कालिका पाण्डेलाई घर चुनाव चिन्ह प्रदान गरिएको हो ।
डाँगी नेतृत्वको टिम
काँग्रेस र नेकपा माओवादीको संयुक्त प्यानलबाट अध्यक्षमा डिल्ली बहादुर बस्नेतलाई हवाईजहाज, उपाध्यक्ष डिला केसीलाई कुर्सी, सचिव हरिचरण चौधरीलाई चप्पल, कोषाध्यक्ष श्याम कुमार आचार्यलाई किताव, सदस्यहरु हेमबहादुर बस्नेतलाई घडी , पूर्ण बहादुर वलीलाई चाबी, गजाधर चौधरी लाई बन्चरो, तुलसी केसीलाई मोवाईल र सावित्रा भण्डारीलाई चस्मा चिन्ह प्रदान गरिएको छ ।
बस्नेत नेतृत्वको टिम
त्यसैगरी स्वतन्त्रबाट शरद वलीलाई लाल्टीन, उपाध्यक्ष मोतिकला वलीलाई बल, सचिव टंक नेपालीलाई काईयो, कोषाध्यक्ष चुर्ण बहादुर चौधरीलाई जग, सदस्यहरुमा भेषराज आचार्यलाई लौरी, बोधराज बस्नेतलाई हात्ती, अशोक कुमार शर्मालाई दियो, पार्वती अधिकारीलाई डमरु र सिता नेपालीलाई आईरन चिन्ह दिईएको हो ।
वली नेतृत्वको टिम
निर्वाचनमा नेकपा एमाले र स्वतन्त्र एक्ला एक्लै चुनावी मैदानमा उत्रिएका छन् भने नेपाली काँग्रेस र नेकपा माओवादीको संयुक्त प्यानल रहेको छ । चुनाव चिन्ह पाए सगैं उम्मेदवारहरु प्रचार प्रसारलाई व्यापक बनाउन थालेका छन । खोनपानी संस्थाको निर्वाचनमा ७ सय १४ जना मतदाता संख्या रहेको छ ।




तपाईंको प्रतिक्रिया