डाँगी नेतृत्वको प्यानल उपभोक्ताको घरदैलोमा, यस्ता छन् चुनावी एजेण्डा
तुलसीपुर । टरिगाउँ हरीपौरा खानेपानी सरसफाइ तथा उपभोक्ता समितिको निर्वाचनमा उम्मेदवारहरुले प्रचार प्रसारलाई व्यापक बनाउन थालेका छन । भदौ ६ गते हुने निर्वाचनको लागि शनिवार चुनाव चिन्ह पाए सगैं उनिहरु उपभोक्ताको घर दैलोमा पुगेर भोट माग्न थालेका छन ।
यसैक्रममा एमाले समर्थित प्रगतीशिल प्यानलले आज आफ्ना चुनानी एजेण्डा लिएर उपभोक्ताको घर घरमा पुगेको छ । अध्यक्ष पदका उम्मेदवार देव बहादुर डागी सहितका उम्मेदवारहरुले चुनावी प्रचार प्रसारलाई तिव्रताका साथ अगाडि बढाएका छन । सबैको घरमा स्वच्छ पानी,हाम्रो बाचा हाम्रो जिम्मेवारी भन्ने नारा अघि सार्दै पानी शुद्धिकरण अभियानलाई आधुनिक तथा दिगो बनाउन आफुहरुको उम्मेदवारी रहेको हुदा आफ्नो प्यानललाई जिताउन अपिल गरेका छन ।
उनिहरुले अपाँग,विपन्न लाई छुट दिने देखि लिएर महशुल घटाईने आफ्नो एजेण्डा रहेको समेत उपभोक्ता सामु प्रतिबद्धता गरेका छन ।
घरदैलोमा अध्यक्षका उम्मेदवार डाँगी, उपाध्यक्ष कमला खत्री, सचिव खगेन्द्र अधिकारी, कोषाध्यक्षका उम्मेदवार खोपीराम डाँगी , सदस्यहरु प्रचण्ड अधिकारी, सत्यराम चौधरी, केदार नेपाली, शिला दहालको उपस्थिती रहेको थियो । यसका साथै पार्टी नेतृत्वको हिसावले जिल्ला सचिव श्याम डाँगी,सचिवालय सदस्य मान बहादुर रावतको समेत सहभागिता रहेको छ ।
यस्ता छन् प्रगतीशिल प्यानलको प्रतिबद्धता





तपाईंको प्रतिक्रिया