तुलसीपुरमा थकालि खानाका लागि ‘दाङमण्डु’ सञ्चालनमा
तुलसीपुर । दाङको तुलसीपुरमा तीन युवाहरुले थकालि खानाकालागि ‘दाङमण्डु’ थकाली सञ्चालनमा ल्याएका छन् । बुधबार युवाहरुले ८० लाख लागतमा दाङमण्डु सञ्चालनमा ल्याएका हुन् । दिपकराज खड्का, धिरज बस्नेत र प्रदिप सुबेदीको संयुक्त रुपमा दाङमण्डु सञ्चालनमा ल्याएका हुन् । तुलसीपुर ६ स्थित गुम्राहचोक नजिकबाट सञ्चालनमा ल्याएको हो ।
रेष्टुरेण्ट, खाना घर र क्याफे एउटै छानामुनि सञ्चालनमा ल्याईएको हो । युवाहरु स्वदेशमै स्वरोजगार गर्नुपर्ने भन्दै यस्तो कार्य गरिएको सञ्चालक दीपक खड्काले बताए ।
दाङमाण्डु थकालीमा आएका पाहुनाले आधुनिक वातावरणमा बस्दै थकालीदेखि दाङका परिकारसम्मको स्वाद लिन सक्नेछन् ।


तपाईंको प्रतिक्रिया