आजदेखि छठ सुरु

 कार्तिक ०९, २०८२

जनकपुरधाम । आजदेखि चार दिनसम्म मनाइने महापर्व छठ विधिवत् रूपमा सुरु भएको छ। छठको पहिलो दिनलाई ‘नहाय–खाए’ भनिन्छ। आज व्रतालुहरूले बिहान स्नान गरी शुद्ध भान्सामा खाना खाने परम्परा छ |

भोलि आइतबार दोस्रो दिन दिनभरि उपवास बस्दै साँझपख ‘खरना’ विधि गरिन्छ। यस क्रममा दूध, चामल र गुडबाट तयार गरिएको खीर देउतालाई चढाइएपछि व्रतालुहरूले ग्रहण गर्छन्।

छठको तेस्रो दिन सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइने मुख्य पूजा गरिन्छ। अर्घका लागि ठेकुवा, भुसवा, केराको घरी, माटोका हाँडी, सूप, कलश र अन्य कृषिजन्य अन्नका पकवानहरू सूर्यदेवलाई अर्पण गरिन्छ |

पर्वको अन्तिम दिन मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरी छठको समापन गरिन्छ।

तपाईंको प्रतिक्रिया