एसइईको ग्रेडसिट एकीकृत गर्न अब केन्द्रमा जान नपर्ने

 कार्तिक २१, २०८२

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) ग्रेडसिट एकीकृत गर्न आग्रह गरेको छ । शिक्षा विकास तथा समन्वय इकाइ, प्रदेश शिक्षा निर्देशनालय, विद्यालयहरू तथा सरोकारवाला सबैलाई आग्रह गरेको हो । बेर्डले २०८१ को ग्रडवृद्धि परीक्षामा सामेल भई न्यूनतम ग्रेड प्राप्त गरेका वा ग्रेडेड भएका परीक्षार्थीले २ वा २ भन्दा बढी ग्रेडसिट प्राप्त गरेका र ती ग्रेडसिटहरू जिपिएसहितको एकीकृत गरी एउटै ग्रेडसिट तथा प्रमाणपत्र विद्यार्थीले प्राप्त गर्नुपर्ने भएकोले उक्त सूचना जारी गरेको जनाएको छ ।

साथै विद्यार्थीबाट उनीहरूले प्राप्त गरेका २ व २ भन्दा बढी ग्रेडसिट जम्मा गरी उक्त कार्यसम्पादन गर्न देशभरबाट सबै विद्यार्थी केन्द्रमा नै आउनुपर्दा समय र खर्चका हिसाबले कठिन हुनेलगायतका कारण ग्रेडसिट एकीकरण गरी प्रमाणपत्रसहित जारी गरिने जनाएको छ । योसँगै विद्यार्थीहरूले ग्रेडसिट एकीकृत बनाउनका लागि भक्तपुर जानु पर्ने बाध्यता हटेको छ । अब विद्यालयमा नै निवेदन दिए हुने भयो । शुल्क रू. ५०० लाग्ने सूचनामा बताइएको छ ।

तपाईंको प्रतिक्रिया