कांग्रेसका संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेला आह्वान

 पुष २४, २०८२

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन समूहका केन्द्रीय सदस्यहरूको भेला हुन लागेको छ । बिहीबार काठमाडौंमा सभापति शेरबहादुर देउवासँगको छलफलपछि संस्थापन समूहका केन्द्रीय सदस्यहरूको भेला हुन लागेको हो । भेला शुक्रबार बिहान साढे १० बजे नयाँ बानेश्वरमा हुनेछ । भेलामा संस्थापन पक्षमा रहेका शीर्ष नेताहरूलाई भने बोलाइएको छैन । भेलामा समग्र राजनीतिका विषयमा छलफल हुनेछ ।

यसैबीच संस्थापन पक्षले विशेष महाधिवशेनको काउन्टरमा युवा भेला आयोजना गर्दै छ । २७ पुसका लागि तय भएको भेला बिहान साढे ११ बजे केन्द्रीय कार्यालय सानेपामा सुरू हुने भएको छ ।

तपाईंको प्रतिक्रिया