विद्यालय कर्मचारी परीषद् दाङको तेस्रो जिल्ला परीषद्

 कार्तिक २४, २०८२

घोराही । नेपाल विद्यालय कर्मचारी परीषद् दाङको तेस्रो जिल्ला परीषद् घोराहीमा सम्पन्न भएको छ । जिल्ला अध्यक्ष तप्त प्रसाद शर्माको अध्यक्षता तथा, केन्द्रीय उपमहासचिब डम्बर वलीको प्रखुख आतिथ्य एवं लुम्बिनी प्रदेश अध्यक्ष गोविन्द जिसीको विशिष्ठ आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले कर्मचारीको हक हितको लागि सबैको साथ अपरिहार्य रहेको बताएका थिए । त्यस अवसरमा केन्द्रीय परीषद्मा जाने ५ जनाको नाम टुङ्गो लगाईएको छ । जस अनुसार अध्यक्ष तप्त प्रसाद शर्मा,सचिव घन बहादुरर रावत,छत्र चौधरी,किरण परियार र पुर्ण विकको नाम छनौट गरिएको छ ।

कार्यक्रममा लामो समय विद्यालयमा काम गरि ६० बर्ष पुगि अवकाश प्राप्त कर्मचारीहरु राम बहादुर चौधरी र दुर्गा चौधरीलाई खादा र प्रमाण पत्रले सम्मान गर्दै परीषद्बाट विदाई गरिएको थियो । संगठन विभाग प्रमुख पुर्ण विकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जिल्ला सल्लाहकार माधव पराजुली लगायतले बोलेका थिए ।

परीषद्का उपाध्यक्ष लिला वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव घन बहादुर रावतले गरेको सहसचिव किरण परियारले जानकारी दिएका छन ।

तपाईंको प्रतिक्रिया