१८औं श्रीमणी स्मृति दिवश मनाइदै
दाङ । श्रीमणि आचार्य दङ्गाली कम्युनिष्ट आन्दोलनका एक लोकप्रिय नेता । संकटको बेला एमालेको नेतृत्व गरेका नेता आचार्य प्रत्यक्ष राजनीतिमा आउनुअघि शिक्षण पेसामा संलग्न थिए । त्यसैले उनलाई स्थानीयहरु आदरपूर्वक श्रीमणी सर भन्ने गर्दथे । उनै श्रीमणि आचार्यको बिहिबार १८औं स्मृति दिवस मनाइदै छ ।
दिवसको सन्दर्भमा तुलसीपर–११ मालेडाँडा स्थित श्रीमणि पार्कमा रहेको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेकाे छ । बिहान ८ बजे उक्त कार्यक्रम हुने तुलसीपुर–११ का वडाध्यक्ष मानबहादुर रावतले बताए ।
नेकपा एमाले तुलसीपुर–११ नम्बर वडा कमिटीको आयोजनामा कार्यक्रम हुन लागेको हो । स्मरण रहोस् २०५१ सालको मध्यावधी निर्वाचनको प्रचार प्रसारको क्रममा बिजौरीमा नेपाली कांग्रेसको पक्षबाट चलाइएको गोलीको छर्रा लागेर श्रीमणी आचार्य लगायत घाइते भएका थिए । उक्त छर्राकै कारण क्यान्सरबाट उनी पीडित थिए । उनकाे २०६४ पुष ३ गते उपचारको क्रममा काठमाडौमा निधन भएको थियो ।




तपाईंको प्रतिक्रिया