अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर पार्ने षड्यन्त्रहरू भइरहेको छ: अध्यक्ष शर्मा
दाङ | नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कुनै पनि कार्य अस्वीकार्य हुने बताएकी छन् । नेपाल पत्रकार महासंघ दाङको ३३औं स्थापना दिवसको उद्घाटन गर्दै अध्यक्ष शर्माले कुनै न कुनै बहानामा अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर पार्ने षड्यन्त्रहरू भइरहेको उल्लेख गरिन । यस्ता गतिविधिहरूलाई पत्रकार महासंघले स्वीकार नगर्ने उनको स्पष्ट धारणा थियो ।
अध्यक्ष शर्माले वर्तमानमा देखिएको विषम परिस्थितिको समाधान निर्वाचनबाट प्राप्त जनमतले नै गर्ने बताउँदै समयमै निर्वाचन हुनुपर्नेमा जोड दिइन् ।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष ओपेन्द्र बस्नेतले स्वागत गरेका थिए | विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमकाे सञ्चालन सचिव जेएन सागरले गरेका थिए |




तपाईंको प्रतिक्रिया