वडास्तरीय फुटवल प्रतियोगितामा वडा नम्बर ७ र १८ शानदार जित

 पुष ०७, २०८२

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ को आयोजनामा जारी दाङ जिल्लाकै सर्वाधिक धनराशिको दोस्रो अन्तर वडा स्तरीय रनिङ पुरूष फुटबल प्रतियोगिता अन्तर्गत सोमबार दुई प्री क्वाटरफाइनल खेल सम्पन्न भएका छन । यससँगै क्वाटर फाइनल समीकरण पूरा भएको छ ।

आजको पहिलो खेल वडा नं २ र वडा ७ बीच रोमान्चक प्रतिस्पर्धा हुँदा वडा नं ७ २-० शुन्य गोलन्तरको जित हात पार्दै क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भएको हो। वडा नम्बर ७ का लागि विवेक रसाइली र रुपेश राना मगरले समान एक एक गोल गरेका हुन्। निर्धारित समयभर प्रभावशाली खेल प्रदर्शन गरेका रुपेश राना मगर उक्त खेलको नायक बन्दै नगद रु। १५०० सहित ट्रफी प्राप्त गरेका छन् ।

दोस्रो खेल वडा नम्बर ३ र वडा नम्बर १८ बीच प्रतिस्पर्धा हुँदा वडा नम्बर ३ लाई २-१ गोल अन्तरले पराजित गर्दै वडा नं १८ पनि क्वार्टर फाइनलमा प्रवेश गर्न सफल भएको छ। जितका लागि रबिन चौधरी र भूपेन्द्र ओलीले समान एकएक गोल गरेका हुन्। उता पराजित भएको टोली वडा नम्बर ३ बाट बादल खड्काले एक गोल गरेका थिए। उक्त खेलको म्यान अफ दि म्याच वडा नं १८ का निशान खड्का बन्दै नगद रु १५०० सहित ट्रफी प्राप्त गरेका छन्।

यसैविच, मंगलवारबाट क्वाटरफाइनल खेल सुरु हुनेछन्। ८ पहिलो खेल डिफेन्डिङ च्याम्पियन वडा नं ६ र वडा नं ५ बीच दिनको ठिक १२ बजे प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेल वडा नं. १२ र वडा नं ११ दिनको ठिक २ बजे प्रतिस्पर्धा गर्नेछन्।

तुलसीपुर उपमहानगरपालिका भित्रका १९ वटा वडाहरूमध्ये १६ वटा वडाहरूको सहभागिता रहेको उक्त प्रतियोगिताको विजेता हुने टोलीले नगद रु. २,६६,६६६ रुपैया सहित चाँदी जडित रनिङ ट्रफी प्राप्त गर्नेछन भने उपविजेता हुने टिमले नगद रु. १,६६,६६६ सहित कप ,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ अरनीको खेलमैदान दाङमा पुष ४ गतेबाट सुरु भएको उक्त प्रतियोगिताको फाइनल खेल पुष १२ गते हुनेछ ।

तपाईंको प्रतिक्रिया