वडाध्यक्ष कप फुटवल प्रतियोगिताको उपाधी बबइ लेजेण्ड्सलाई

 पुष २८, २०८२

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ द्धारा आयोजित वडाध्यक्ष कप फुटवल प्रतियोगिताको उपाधी बबइ लेजेण्ड्स उरहरीले जितेको छ । फाइनलमा त्रिबेणी युवा क्लव नवलपुरलाई ३-१ गोल अन्तरले हराउदै बबई लेजेण्ड्सले उपाधी चुमेको हो । उस्ले ट्रफि मेडल प्रमाण पत्र सहित ३५ हजार रुपैया नगद प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको त्रिबेणी युवा क्लवले २५ हजार नगद सहित ट्रफि मेडल प्रमाण पत्र प्राप्त गरेको छ । गएको शुक्रवारबाट सुरु भएको वडाध्यक्ष कप फुटवल प्रतियोगितामा ९ टिमको सहभागिता रहेको थियो ।

यसैविच, फाइनल खेलमा खेलाडीलाई उत्साहित गर्न नगर प्रमुख टिकाराम खड्का अमर मावि उरहरीको खेल मैदान पुगेका थिए । खेल सुचारुको लागि एम्पायरलाई बल हस्तान्तरण गर्दै नगर प्रमुख खड्काले मेयर कप सञ्चालनको तयारी रहेको हुदा उत्साहित तथा अनुशासित भएर खेल्न सुझाव दिएका थिए । समापन अवसरमा बोल्दै वडाध्यक्ष मान बहादुर रावतले खेल क्षेत्रको विकास तथा प्रतिभावान खेलाडी उत्पादनमा ध्यान दिदै आएको बताएका थिए । खेल संयोजक यज्ञ बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडा सचिव पदम कुमार भण्डारीले गरेका थिए ।

तपाईंको प्रतिक्रिया