किसानको अधिकार, हाम्रो प्रतिबद्धता: घनश्याम पाण्डे

 फागुन १०, २०८२

तुलसीपुर । दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा प्रत्यक्ष तर्फ एमालेका उम्मेदवार घनश्याम पाण्डेले स्वर्गद्धारी गुठी पिडित मोही किसानको हक–अधिकार सुनिश्चिताको लागि प्रतिबद्ध रहेको बताएका छन । स्वर्गद्धारी गुठी पिडित मोही किसान संघर्ष समिति दाङले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० मा आयोजना गरेको संवाद तथा प्रतिबद्धता कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
स्वर्गद्वारी गुठीका पीडित मोही किसानहरूको न्यायपूर्ण माग सम्बोधन गर्ने उनले बताएका छन ।

प्रतिनिधि सभामा निर्वाचित भएमा गरीव, बिपन्न तथा सुकुम्बासी समुदायको समस्या समाधान गर्नका लागि निती निर्माणमा भुमिका खेल्ने उनले बताएका हुन । त्यस अवसरमा उनले प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरेका थिए । संघर्ष समितिले बुझाएको माग पत्र बुझ्दै पाण्डेले सामाजिक न्यायसँग जोडिएका हरेक मुद्दाको दीर्घकालीन समाधानका लागि राज्य, स्थानीय तह र समुदायबीच सहकार्य गर्ने आफ्नो प्रतिबद्धता रहेको बताएका थिए ।

यसैविच, एमाले दाङ निर्वाचन क्षेत्र ३ अन्र्तगत सबै वडाहरुमा घरदैलो तथा कोणसभाहरु भएका छन । उम्मेदवार तथा नेता कार्यक्रर्ताको सहभागितामा जनताका विचमा घरदैलो तथा सभाहरु भएको निर्वाचन परीचालन समितीका संयोजक श्याम डाँगीले जानकारी दिएका छन । दंगीशरण गाउँपालिका वडा नम्बर ६ र ७ मा घरदैलो सगैं सभाहरु भएका छन । त्यस अवसमा बोल्दै सुर्य ध्यजाबाहक उम्मेदवार घनश्याम पाण्डेले जनताको हित हुने गरि जनपक्षिय काम गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन ।

तपाईंको प्रतिक्रिया