गोल्टाकुरीमा एमाले उम्मेदवारलाई भव्य स्वागत, परीवर्तनका लागी जिताउने अठोट
तुलसीपुर । नेकपा एमालेको केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका समानुपातीक उम्मेदवार कोमल वलीले पश्चिमका जनताका समस्या समाधान गर्ने बताउनुभएको छ । नेकपा एमाले दंगीशरण गाउँपालिका १ र २ नम्बर वडा कमिटिको ओयाजनामा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताउनुभएको हो । उहाले पश्चिम मलई फुर्केसल्ली सडकको निर्माण कार्य पुरा गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।
एमाले २ नम्बर वडा कमिटिका अध्यक्ष घनश्याम शाहको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा प्रत्यक्ष तर्फ एमालेका उम्मेदवार घनश्याम पाण्डेले निकुञ्ज क्षेत्र फुर्केसल्ली बासीको समस्या बन ऐनका माध्यमबाट समाधान गर्ने बताउनुभएको छ । बबईमा झोलुङ्गे पुल निर्माण एमालेको नेतृत्वमा बनेको र यसक्षेत्रको विकासमा महत्वपुर्ण भुमिका खेलेको हुदा जनजनमा एमाले रहेको बताउनुभएको थियो ।
उहाले तुहीसोतामा पुल निर्माण, बाघेचिरा र कौवाघारी जलाशय निर्माण, बखरीया दमारगाउमा सडक निर्माण एमालेका पहलकदमीमा सम्पन्न भएको हुदा निती निर्माण र विकासको संवाहक एमाले नै भएको बताउनुभएको थियो ।
त्यस अवसरमा त्यँहाका जनताले सिमलकुना बेलटाकुरा जोड्ने पुल, विभिन्न स्थानमा सडकको अवस्था सुधार र जनताको आवाज लिएर परीवर्तनमा लाग्न शुभकामना दिएका थिए । स्थानीय जनताको मागबारे उम्मेदवारले प्राथमिकता साथ पुरा गर्ने बताउनुभएको थियो । एमाले क्षेत्रिय सदस्य श्रीप्रसाद चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा एमालेका नेताहरु हुकुम बहादुर बस्नेत,सिमा न्यौपाने,भागीराम चौधरी,एमएन शाह लगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण युवा नेता सिएम विश्वकर्माले गर्नुभएको थियो ।
यसैविच, एमाले दाङ निर्वाचन क्षेत्र ३ अन्र्तगत सबै वडाहरुमा घरदैलो तथा कोणसभाहरु भएका छन । शान्तीनगर गाउँपालिका वडा नम्बर २ को विभिन्न स्थानमा घरदैलो भएका छन । निर्वाचन परीचालन कमिटिका संयोजक चुर्ण वली,एमाले नेता विष्णु केसी लगायत नेता कार्यकर्ताका विच घरदैलो कार्यक्रम भएको छ ।




तपाईंको प्रतिक्रिया