दाङ ३ मा एमाले: ३६ वटै वडामा घरदैलो
तुलसीपुर । फागुन २१ गते हुन थालेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति नजिकिदै जादा उम्मेदवारहरुले प्रचार प्रसारलाई तिब्र बनाएका छन् । दल तथा स्वतन्त्र उम्मेदवार मतदाताको घरदैलोमा भेटघाट गरिरहेका छन । यसैक्रममा दाङ निर्वाचन क्षेत्र ३ अन्र्तगत एमालेले ३६ वटै वडाहरुमा घरदैलो गर्दै विभिन्न स्थानमा चुनाबी सभा गरेको छ । नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ कमिटिले चुनाबी कोणसभा गरेको छ । श्रीगणेश टोल गणेशपुर पार्कमा एमाले पूर्ब वडाकमिटि अध्यक्ष खगेश्वर पराजुलीको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार घनश्याम पान्डेको प्रमुख आतिथ्यता र समानुपातिक उम्मेदवार कोमल वलीको बिशिष्ठ आतिथ्यमा कार्यक्रम भएको हो ।
त्यस अवसरमा बोल्दै उम्मेदवार घनश्याम पाण्डेले जनताका समस्या समाधानका लागि आफु निरन्तर लागि रहेको बताएका छन् । आफु मेयर हुदा जनताका थुप्रै समस्या समाधानमा पहल गरेकोले फागुन २१ को निर्वाचनमा मतदान गरी जनताको सेवा गर्ने अवसर दिन अनुरोध गरेका थिए । तुलसीपुर चिनाउको लागि शान्ती उद्यानको विकासमा पहल लिएको बताउदै हाल पर्यटकिय गन्तब्य बनेको पाण्डेले बताए ।
त्यस अवसरमा केन्द्रीय निर्बाचन आयोगका सदस्य हिराचन्द्र केसी, लुम्बिनी प्रदेश कमिटि सचिब पूर्ण वुढामगर, प्रदेश सदस्य मिलन चौधरी, बिनोद शर्मा, जिल्ला सचिब श्याम डागी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन वडा कमिटि अध्यक्ष खेमराज बिश्वकर्माले गरेका थिए ।
यस्तै, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ कमिटिले घरदैलो तथा कोण सभा गरेको छ । वडाको खाद्रे,बनहरी, घोरनेटीमा मतदाता संग घरदैलो पछि कोणसभा गरेको हो । वडा कमिटिका अध्यक्ष घन बहादुर पुनको अध्यक्षता तथा एमालेबाट क्षेत्र नम्बर ३ का उम्मेदवार घनश्याम पाण्डेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा बोल्दै पुर्व नगर प्रमुख समेत रहका पाण्डेले २०७४ मा निर्वाचित भएपछि ४ नम्बर वडाका विकट क्षेत्रमा सडक,बत्ति तथा खानेपानी क्षेत्रमा काम गरेको स्मरण गर्दै आगामी दिनमा पनि जनताको आधारभुत आवस्यकता पुरा गर्ने प्रतिबद्धता गरेका थिए ।

यस्तै, शान्तीनगर गाउँपालिका कमिटले सबै वडामा घरदैलो कार्यक्रम सुरु गरेको निर्वाचन परीचालन कमिटिका संयोजक चुर्ण बहादुर वलीले जानकारी दिएका छन । त्यहा वडा नम्बर ५ को कासिपुर , मदनेडाँडा,गर्जुला,रजघटुवा लगायतका स्थानमा घरदैलो गरिएको छ । घरदैलोमा पुगेका नेता कार्यकर्ताले एमालेका उम्मेदवार घनश्याम पाण्डेलाई सुर्य चिन्हमा मतदान गरी विजयी गराउन अपिल गरेका छन ।
त्यसैगरी,दंगीशरण गाँउपालिकामा पनि वडाहरुमा घरदैलो कार्यक्रम सञ्चालन भएको छ । गाँउपालिकाको वडा नम्बर २ सरुवाडाडा,कौवाघारीमा घरदैलो गरिएको युवा नेता सिएम विश्वकर्माले जानकारी दिएका छन । त्यहा प्रदेश कमिटि सदस्य सिमा न्यौपाने,वडा ईन्चार्ज यशोदा शर्मा लगायतको उपस्थितीमा घरदैलो गरिएको छ । उता ववई गाउपालिकामा पनि घरदैलो र कोणसभा भएका छन ।
व्यवसायीहरु संग छलफल
तुलसीपुरका व्यवसायी संग नेकपा एमालेका उम्मदेवारले छलफल गरेका छन् । आर्थिक गतिविधि सशक्त बनाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने र निजी क्षेत्रसँग सहकार्य बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै दाङ क्षेत्र नं ३ का उम्मेदवार घनश्याम पाण्डेले साना तथा मझौला व्यवसायलाई प्राथमिकतामा राखी कर प्रणालीलाई सरल र पारदर्शी बनाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले उद्योग, पर्यटन र कृषि क्षेत्रमा लगानी विस्तार गर्न नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो ।
त्यसैगरी समानुपातिक उम्मेदवार कोमल वलीले महिला उद्यमशीलता प्रवद्र्धन, युवालाई स्वरोजगारतर्फ आकर्षित गर्ने योजना तथा स्थानीय उत्पादनको बजारीकरणमा राज्यको भूमिका सुदृढ गर्ने विषयमा आफुले जोड दिने बताउनुभयो । निजी क्षेत्र र सरकारबीच सहकार्य भएमा आर्थिक समृद्धि हासिल गर्न सकिने समेत बताउनुभयो । त्यसैगरी अन्तरकृया कार्यक्रमा नेपाल राष्ट्रिय उद्योग वाणिज्य महासंका केन्द्रिय सदस्य टोप बहादुर घर्तीले व्यवसायीक सुधार र स्वस्थ प्रतिस्पर्धाका लागि नीतिगत स्थायित्व र लगानी सुरक्षाको प्रत्याभूति हुनुपर्ने माग गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा सहभागी व्यवसायीहरूले कर भार, बैंक ऋणको उच्च ब्याजदर, बजार व्यवस्थापन तथा पूर्वाधार विकासका विषयमा आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए । नेपाल राष्ट्रिय उद्योग वाणिज्य महासंको तुलसीपुरका अध्यक्ष पदम पोख्रेल (जेठूकान्छु) अध्यक्षतामा भएको कार्यक्रममा महासंघका उपाध्यक्ष नरेन्द्र डाँगीले स्वागत र महासचिव बिमला शर्माले सहजीकरण गर्नुभएको थियो ।




तपाईंको प्रतिक्रिया