नागरिकको चाहाना अनुरुप निर्वाचनमा सहभागी: महासचिव विप्लव
तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जेनजी आन्दोलनप्रति आफूहरुको समर्थन रहेकाे खुलासा गरेका छन । यद्दपि राज्यका संरचनामा भएको तोडफोड र आगजनीमा भने आफ्नो पार्टीको कुनै संलग्नता नरहेको उनले बताएका छन ।
नेकपा (माओवादी) ले बुधबार तुलसीपुरमा आयोजना गरेको दाङ क्षेत्र नं. ३ को चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन । आन्दोलनका क्रममा मुलुकमा भइरहेको बेथिति र चरम भ्रष्टाचार अन्त्यका लागि एउटा आन्दोलन आवश्यक थियो र आन्दोलनले मुलुकलाई आजको स्थितिमा ल्याउँछ भन्नेमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) दृढ भएको महासचिव विप्लवकाे दाबी थियाे ।
यो सरकारले गराउने चुनावमा हामी सहभागी हुने कि नहुने भन्ने विषयमा छलफलमै रहेका बेला नागरिकहरुले चुनावमा जानुपर्छ भनेर गरेको आग्रहलाई स्वीकार्दै निर्वाचनमा सहभागी भएको महासचिव विप्लवले बताए ।




तपाईंको प्रतिक्रिया