झण्डा जलाउने माथी कारवाही नभए जवाफमा उत्रन्छौं: रावत
तुलसीपुर । तुलसीपुरमा नेकपा एमालेको चुनाव चिह्न ‘सूर्य’ अङ्कित झण्डा रास्वपाका कार्यकर्ताले जलाएको भन्दै चर्को विरोध भैरहेको छ । एमाले देखि लिएर अन्य दलहरुले समेत यसको विरोध जनाएका छन । यसैक्रममा तुलसीपुरका युवा नेता प्रकाश रावतले दोषि माथि कारवाही नभए जवाफमा उत्रने चेतावनी दिएका छन ।
अराजकताको औषधी कानुनी उपचार रहेको हुदा यदि त्यसो भएन भने आफुहरु चुप लागेर नबस्ने उनको चेतावनी छ । युवा परीषद् तुलसीपुरका उपाध्यक्ष समेत रहेका रावतले रास्वपा कार्यकर्ताहरुको सोच र स्थिति यहि दिशामा अघि बढे आफुहरु चुप लागेर नबस्ने बताएका छन ।




तपाईंको प्रतिक्रिया