झण्डा जलाएको घटनामा एमालेको कडा चेतावनी, चौतर्फी विरोध
तुलसीपुर । तुलसीपुरमा आफ्नो चुनाव चिह्न ‘सूर्य’ अङ्कित झण्डा जलाएको भन्दै नेकपा एमालेले कडा चेतावनि दिएको छ । झण्डा जलाउने रास्वपाका कार्यकर्तालाई तत्काल पक्राउ गरी कारवाही गर्न माग समेत गरेको छ । पार्टिको केन्द्र देखि लिएर स्थानिय कमिटिले समेत घटनाको विरोध जनाएका छन । यसैक्रममा नेकपा एमाले तुलसीपुर नगर कमिटिले रास्वपाका कार्यकर्ताले पाटीको झण्डा जलाएको घटनाको निन्दा गर्दै भत्र्सना गरेको छ । नगर कमिटिका अध्यक्ष रुप बहादुर खत्रीले एक विज्ञप्ती जारी गर्दै झण्डा जलाउनु, अराजक बाटो रोज्नु राजनितिक कायरता भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
रास्वपाका सभापति रवि लामीछाने तुलसीपुर आउदा भेला भएका कार्यकर्ताहरुले पार्टीको सम्पर्क कार्यालयमा राखीएका झण्डा निकालेर च्यात्ने, जलाउने, सवारी साधनमा राखीएका झण्डा तोडफोड गर्ने तथा अराजक गतिविधि गर्नु राजनिति कायरताको पराकाष्ठ हो, जारी विज्ञप्तीमा भनिएको छ ।
लोकतान्त्रिक मुल्य मान्यता,शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि असहय हुने भएकाले यस्ता गतिविधि गर्ने विरुद्ध कडा प्रतिवाद गर्ने विज्ञप्ती मार्फत कडा चेतावनी दिईएको छ । त्यसैको विरुद्धमा अहिले रास्वपाको चौतर्फी विरोध र आलोचना भईरहेको छ । समाजिक संजाल मार्फत रास्वपाको विरोध भईरहेको छ । यस्तैगरी नेकपा एमालेका जिल्ला सचिव तथा निर्वाचन क्षेत्र नम्वर ३ का निर्वाचन परिचालन कमिटिका संयोजक श्याम डाँगीले पनि विज्ञप्ती जारी गरी घटनाको निन्दा गर्नुभएको छ । साथै उहाले यस्तो अराजक गतिविधिलाई नियन्त्रण गर्न रास्वपा नेतृत्वलाई आग्रह गर्दै कडा चेतावनी दिनु भएको छ ।




तपाईंको प्रतिक्रिया