एमाले उम्मेदवारले भने– ‘विकास,पारदर्शिता र जनसेवा हाम्रो प्राथमिकता’

 फागुन १३, २०८२

तुलसीपुर । नेकपा एमाले शान्तीनगर गाउँपालिका ४ नम्बर वडा कमिटिले जुम्लेकुलामा कोण सभा गरेको छ । वडाकमिटि अध्यक्ष डिल्ली बहादुर वलीको अध्यक्षता तथा समानुपातिक उम्मेदवार कोमल ओलीको प्रमुख आतिथ्य एवं प्रत्यक्ष तर्फका उम्मेदवार घनश्याम पाण्डेको प्रमुख आतिथ्यमा कोणसभा भएको हो ।

सभालाई सम्बोधन गर्दै एमाले नेतृ ओलीले जनताको भविष्य बोकेको पार्टि एमालेनै भएकोले सुर्य चिन्हमा मतदान गरी बिजयी बनाउन अपिल गरेकि थिइन् । पश्चिमका जनताका अभिभारा पुरा गर्ने जिम्मा एमालेको भएको उनले बताईन । सभामा बोल्दै प्रत्यक्ष तर्फका उम्मेदवार घनश्याम पाण्डेले स्थानिय तहको नेतृत्वमा रहदा जनताको पक्षमा काम गरेको बताएका थिए ।

उनले अहिले पनि काम गर्ने संकल्पका साथ जनता सामु उभिएकोले व्यवहारमा समाधान गर्ने प्रतिद्धता जनाएका छन । युवालाई रोजगार,किसानको उत्पादनमा मुल्य सुनिश्चित,श्वास्थ्य,शिक्षा र विकासका कामहरु प्रभावकारी रुपमा गरिने योजना रहेको पाण्डेको भनाई छ । एमाले नेता विष्णु केसीको स्वागत मन्तव्यबाट सुरु भएको सभाको सहजिकरण निर्वाचन परीचालन कमिटिका संयोजक चुर्ण बहादुर वलीले गरेका थिए ।

यस्तै, शान्तीनगर गाउँपालिका वडा नम्बर ३ र ४ को मालेचौपारीमा पनि कोणसभा भएको छ । त्यहा उम्मेदवार सहित नेता तथा कार्यकर्ताको उलेख्य सहभागिता रहेको थियो ।
अर्का स्वतन्त्र उम्मेदवारको पनि पाण्डेलाई समर्थन
दाङ क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार महेश डाँगीले नेकपा एमालेका उम्मेदवार घनश्याम पाण्डेलाई समर्थन गरेका छन । दाङ–३ मा डाँगीले पाण्डे “सबैभन्दा सक्षम, योग्य र स्पष्ट भिजन भएका व्यक्ति” भएको दाबी गर्दै आफूले समर्थन गरेको बताउनुभयो ।

उहाँले पाण्डेलाई मतदान गरी विजयी बनाउन मतदातालाई अपिल गर्नुभएको छ । योसंगै पाण्डेलाई समर्थन गर्ने उम्मेदवारको संख्या तीन पुगेको छ । डाँगीको समर्थनसँगै दाङ–३ को चुनावी प्रतिस्पर्धामा पाण्डे अझ बलियो बनेका छन । यसअघि स्वतन्त्र उम्मेदवार भरत परियार एमालेका उम्मेदवार पाण्डेलाई समर्थन गर्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा प्रवेश गर्नुभएको थियो ।

परियारसंगै एकसय बढी विभिन्न व्यक्तीहरु एमालेमा प्रवेश गरेका थिए । त्यसैगरी जनार्दशन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार घनश्याम डाँगीले पनि पाण्डेलाई समर्थन गर्नु भएको थियो ।।

तपाईंको प्रतिक्रिया