कांग्रेस सुशासनको संकल्प बोकेर अघि बढेको छ- सभापति थापा
बाँके । नेपाली कांग्रेसका सभापती गगन कुमार थापाले सुशासन र समृद्धिको संकल्पसहित कांग्रेस अघि बढेको बताउनुभयो छ । काँग्रेस बाँकेको आयोजनामा नेपालगञ्जमा सम्पन्न वृहत चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सुझबुझ, उत्साह र ऊर्जा बोकेर देश निर्माणको अभियानमा लागेको उल्लेख गर्दै विगतका कमजोरी सच्याएर अघि बढ्ने प्रतिज्ञा गर्नुभयो ।आगामी पाँच वर्ष रोजगारी, विकास, सुशासन र समृद्धिको वर्ष बनाउने प्रतिबद्धता व्यक्त गर्दै उहाँले २०४६ सालयता लाभको पदमा बसेका राजनीतिक व्यक्तित्वहरूको सम्पत्ति छानबिन गर्न कांग्रेसले नेतृत्व गर्ने उद्घोष गर्नुभयो । कार्यक्रम गोपाल प्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य कृष्ण बहादुर कार्कीले राख्नुभएको थियो ।



तपाईंको प्रतिक्रिया