पश्चिम दाङमा एमालेको जनलहर, र्यालीमा देखियो उत्साहपुर्ण सहभागीता
तुलसीपुर । पश्चिम दाङको बबई गाँउपालिकामा नेकपा एमालेले घरदैलो,र्याली सहित कोणसभा गरेको छ । वडाको ६ र ७ को विभिन्न स्थानमा उम्मेदवार सहित घरदैलो गरेको हो । चुनावी अभियान अन्तर्गत आयोजित घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो । उम्मेदवारले जनताका माझ पुगेर पार्टीको एजेण्डा र प्रतिबद्धता बारे जानकारी गराएका थिए ।
घरदैलो कार्यक्रमपछि हापुरे बजारमा कोण सभा भएको थियो । सभालाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा समानुपातीक उम्मेदवार कोमल ओली र प्रत्यक्ष तर्फका उम्मेदवार घनश्याम पाण्डेले सम्बोधन गरेका थिए । गाउँपालिका कमिटिका अध्यक्ष टंक विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमा नेतृ ओलीले देशको राजनीतिक स्थायित्व, विकास निर्माण र समृद्धिका लागि एमालेको नेतृत्व आवश्यक रहेको बताइन् । उनले पश्चिम दाङको समग्र विकास, रोजगारी सिर्जना, कृषि तथा पूर्वाधार विस्तारका विषयमा एमाले स्पष्ट योजनासहित अगाडि बढेको उल्लेख गरिन ।
त्यसैगरी, उम्मेदवार घनश्याम पाण्डेले पश्चिम दाङको शिक्षा, स्वास्थ्य, सडक सञ्जाल तथा कृषि क्षेत्रको आधुनिकीकरण आफ्नो प्राथमिकता रहेको बताए । उनले विगतमा भएका विकास निर्माणका कामको निरन्तरता र नयाँ योजनाको कार्यान्वयन मार्फत पश्चिम क्षेत्रको समृद्धि सम्भव हुने धारणा व्यक्त गरेका थिए । उनले पश्चिम दाङको उज्ज्वल भविष्यका लागि सुर्यमा मतदान गरी विजयी गराउन मतदातासँग अपिल गरेका थिए । कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उत्साहजनक उपस्थिति रहेको थियो ।



तपाईंको प्रतिक्रिया