घनश्याम पाण्डेप्रति मतदाताको बढ्दो समर्थन

 फागुन १५, २०८२

तुलसीपुर । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ मा एमालेले चुनावी प्रचारलाई ब्यापक बनाएको छ । एमालेले आज पनि विभिन्न वडाहरुमा घरदैलो,र्याली तथा कोणसभाहरु गरेको छ । यसैक्रममा नेकपा (एमाले) बबई गाउँपालिका कमिटीको आयोजनामा वडा नम्बर ३ र ४ मा र्याली सहित व्यापक घरदैलो कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।

उम्मेदवार घनश्याम पाण्डेले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना चुनावी एजेण्डाबारे जानकारी गराउदै मत मागेका थिए । उनले पश्चिम क्षेत्रको विकास, पूर्वाधार विस्तार, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना तथा शिक्षा–स्वास्थ्य क्षेत्र सुधारलाई आफ्नो प्राथमिकतामा राखेको बताएका थिए । त्यस अवसरमा मतदाताले उत्साहितका साथ पाण्डेलाई स्वागत समेत गरेका थिए । उनिहरुले ढुक्कका साथ सुर्य चिन्हमा मतदान गरि विजयी बनाउने उद्घोष गरेका थिए ।

घरदैलो कार्यक्रम पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै पाण्डेले जनताका समस्या र सुझाव सुन्दै ती विषयलाई योजनाबद्ध रूपमा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले पश्चिम दाङको समग्र विकास गर्न एमालेको नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै मतदातासँग सहयोग र समर्थनको अपिल समेत गरेका थिए ।

यस अघि हिजो मात्रै पश्चिम बबई गाँउपालिका वडा नम्बर ६ र ७ को विभिन्न स्थानमा उम्मेदवार सहित घरदैलो गरेको हो । घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो । यस्तै, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मा पनि घरदैलो तथा कोण सभा सम्पन्न भएको वडा कमिटि अध्यक्ष खेमराज विश्वकर्माले जानकारी दिएका छन । कोण सभामा बोल्दै उम्मेदवार पाण्डेले स्थानिय तहमा निर्वाचित भएको बेला उदाहरणिय कार्य गरेको हुदा यस क्षेत्रका जनताको समस्या समाधान गर्ने आफ्नो मुख्य जिम्मेवारी रहेको बताएका थिए ।

तपाईंको प्रतिक्रिया