पश्चिम चितानपुरका महिला भन्छन- ‘हामी एमालेलाई जिताउने अभियानमै छौं’

 फागुन १६, २०८२

दाङ । दंगीशरण गाउँपालिका–३ चितानपुरका लक्ष्मी गिरी, इन्द्रा कँवर योगी र गीता पुनले आफूहरू नेकपा (एमाले) मै रहेको स्पष्ट पारेका छन् । उनीहरूले एक विज्ञप्ति जारी गर्दै आफूहरूलाई झुक्काएर नेपाली कांग्रेसमा प्रवेश गराइएको जनाएका छन्। वडा कार्यालयमा जानेक्रममा अटोमा चढाई कांग्रेसको कार्यक्रमा लगेर मञ्चमा बोलाएर पार्टि प्रबेश भनि माला लगाइदिएकोले आफुहरुलाई भ्रममा पारिएको बताएका छन ।

जारी विज्ञप्तिमा उनीहरूले आफूहरू एमालेका उम्मेदवार घनश्याम पाण्डेलाई विजयी गराउने अभियानमा सक्रिय रहेको उल्लेख गरेका छन्। “हामी नेकपा (एमाले) प्रति प्रतिबद्ध छौं र पार्टीको निर्णय तथा नीति अनुसार चुनावी अभियानमा लागिरहेका छौं,” विज्ञप्तिमा भनिएको छ। साथै, पश्चिम दाङको विकास र समृद्धिका लागि एमाले उम्मेदवारलाई जिताउन सबै मतदातासँग उनिहरुले अपिल गरेका छन्।

तपाईंको प्रतिक्रिया